गायिका एलिना चौहानले गरिन् बिहे

२०८१ बैशाख ५, बुधबार

काठमाडौँ : गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् ।

विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार