एकल जातीय चिन्तन र सोचबाट नेपालको शासन सत्ता चलिरहेको छः राजेन्द्र महतो

२०८१ बैशाख ५, बुधबार

काठमाडौं : पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित आफ्नो राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै महतोले ०४६ सालको लोकतन्त्रपछि गणतन्त्रसम्म नश्लीय शासन मात्र सञ्चालन भइरहेको बताएका हुन्।

उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल बनाउन नसकेको बताए। ‘पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल त खै बनाएको? साझा फूलबारी खै ?,’ उनले भने,’ १०४ वर्षे जहानियाँ एकल फूलबारी भयो। त्यसपछि वंशीय शासन।

०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी। एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन,’ उनले भने। महतोले देश बन्दा नै विभिन्न पहिचानहरू मिलाएर बनेको तर अधिकार र पहिचान मेटाउने काम भएको बताए।

‘नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो। तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन,’ उनले भने। नेता महतोले देश एकल चिन्तन र सोचबाट चल्न नसक्ने बताउँदै सबैको भाषा, संस्कृति र वेषभूषाको मान्यता हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार