पाकिस्तानमा चार दिनदेखि भारी वर्षा, अहिलेसम्म ६३ जनाको मृत्यु

२०८१ बैशाख ५, बुधबार

इस्लामावाद : पाकिस्तानमा चार दिनदेखिको वर्षा र त्यसपछि आएका विपदजन्य घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। मंगलबार मात्रै त्यहाँ १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

उत्तरपश्चिम खिबर पख्तुनख्वा प्रान्तमा ३२ जना, पञ्जाबमा २१ जना र बलुचिस्तानमा १० जनाको मृत्यु भएको समाचार संस्था एशोसियट प्रेसले उल्लेख गरेको छ। खिबर पख्तुनख्वा प्रदेशमा चार दिन देखि खराब मौसम र त्यसपछि आएका बाढी पहिरोले १ हजार भन्दा बढी घरहरूमा क्षती पुर्‍याएको विपद व्यवस्थापन विभागका प्रवक्ता खुर्शीद अन्सारीले बताएका छन्।

कश्मिरमा पनि भारी वर्षा भएको छ। कराँची लगायतका कैयौं सहरहरूमा भारी वर्षाको नयाँ चरण सुरू हुने पूर्वानुमान त्यहाँको मौसम विभागले गरेको छ। उद्धार कार्यका लागि टोलीहरू खटाइए पनि अत्यधिक खराब मौसमका कारण उद्धार कार्य सहजताका साथ हुन सकिरहेको छैन। बलुचिस्तानमा अघिल्लो वर्षको यही महिनाको तुलनामा यसपालि ३५३ प्रतिशत बढी पानी परेको र देशभर ९९ प्रतिशत बढी पानी परेको एपीले उल्लेख गरेको छ।

यसको कारण जलवायु परिवर्तन भनिएको छ। २०२२ मा बाढी पहिरा लगायत विपदका घटनामा १ हजार ७३९ मानिसहरूको मृत्यु भएको थियो। पाकिस्तानको छिमेकी मुलुक अफगानिस्तानमा पनि भारी वर्षा भएको जनधनको क्षति भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार