लिभरपुल विजयी भएसँगै उपाधि होड रोचक

२०८१ बैशाख १०, सोमबार

काठमाडौँ : इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । योसँगै उपाधिका लागि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुवैले ७४ अङ्क बनाएका छन् भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।

फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२औँ मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औँ मिनेटमा रायन ग्राभेनबर्च र ७२औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार