सुनको मूल्यमा भारी गिरावट

२०८१ बैशाख ११, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २७ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ५ रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर १६ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार