ओलीले सुहाङलाई सुटुक्क सोधे : कति भोटले जित्नुहुन्छ ?

२०८१ बैशाख १२, बुधबार

इलाम : इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा दलहरूले बुधबार अन्तिम चुनावी सभा गरेका छन् । बुधबार राति १२ बजेदेखि आचारसंहिता लागू हुने भएकाले पनि दलहरूले आजै चुनावी सभाको मैझारो गरेका हुन् ।

नेकपा एमालेले बुधबार दिउँसो चुलाचुलीमा सभा अयोजना गरेको थियो । उक्त सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका केन्द्रीय र प्रादेशिक तहका नेताहरू उपस्थित थिए ।मञ्चमा उम्मेदवार सुहाङ नेम्बाङ र अध्यक्ष ओलीले बेलाबेला कानेखुसी गरेकोसमेत देखिन्थ्यो । त्यो कानेखुसीमा के कुरा भयो भन्नेबारे ओली आफैंले फेसबुकमार्फत जानकारी दिएका छन् । अध्यक्ष ओलीले लेखेका छन्, ‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ । मैले सुहाङसँग सुटुक्क सोधें – कति भोटले जित्नुहुन्छ ?सुहाङको जवाफ थियो– त्यो त इलामेली जनतालाई सोध्नु पर्छ । जनतामाथि उहाँको विश्वास मलाई मन पर्‍यो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार