घूस लिएको आरोपमा उप-रक्षामन्त्री पक्राउ

२०८१ बैशाख १३, बिहीबार

काठमाडौँ : रूसका उप–रक्षामन्त्री तैमुर इभानोभ भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्।

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले इभानोभले भ्रष्टाचार गरेको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ। पक्राउ परेका इभानोभलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

रूसी केही स्वतन्त्र सञ्चार माध्यमले गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप उनीमाथि लगाइएको छ। उनले फ्रान्सको दक्षिणमा लक्जरी कार, गहना, लुगाफाटा, पार्टी, प्रिमियम प्रोपर्टी र याट भाडामा लिएर लाखौं युरो खर्च गरेको बताइएको छ। तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत हुने गरेको उनीहरूको आरोप छ।

क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन रक्षा मन्त्री सेर्गेइ शोइगुसँग निरन्तर सम्पर्कमा रहेको तर इभानोभको गिरफ्तारीबारे सोझै टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार