ट्याक्टरले च्यापेर एकको मृत्यु

२०८१ बैशाख १३, बिहीबार

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका –१० मा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका –१० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कैलाशको भाल्टारबाट भित्री सडक खण्ड हुँदै पुरानो गाउँतर्फ बिजुलीको पोल लिएर जाँदैगरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडी ट्रेलरमा सवार वाईवा खस्दा उनलाई ट्याक्टरको पछाडीको चक्काले किचेको थियो । बुधबार राति १ बजेको समयमा ट्याक्टरबाट खसेका वाईवालाई ट्याक्टरले च्याप्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

कैलाश ९ मा रहेको अस्थाई प्रहरी पोष्टबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारी कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता भण्डारीले बताए । ट्याक्टरका चालक भिफेदी गाउँपालिका –९ बागमाराका ३३ वर्षीय बिरमान स्याङतानलाई नियन्त्रणमा लिएको र मृतक वाईवाको शव पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार