दाँत किराले खाएको छ ? समाधानको लागि डेन्टल हाइजिनिस्ट प्रकाशको सुझाव

२०८१ बैशाख १३, बिहीबार

काठमाडौँ : दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ ।

हामीले बिहान बेलुका खाने खानेकुरा यदि दाँतमा जम्मा भयो भने त्यहाँबाट ब्याक्टेरिया निस्कन्छ र बिस्तारै विस्तारै दाँत किराले खान्छ । दाँतमा खानेकुरा टाँसिइरहेपछि एसिड निस्कन्छ उक्त एसिडले दाँतलाई मकाउँदै कुहाउँदै लग्छ । जब त्यहाँ अरू खानेकुराहरू पनि जम्मा हुन थाल्छ अनि दाँत किराले खान थाल्छ ।

दाँतको बनावट हेर्दा बाहिरी भागमा इनामेल हुन्छ बिचमा रहेको भागलाई डेन्टिन भनिन्छ र सबैभन्दा बिचमा रहेको भागलाई पल्भ भनिन्छ जसमा नशाहरू हुन्छ । दाँतको इनामेल रहेको भागमा मात्र किराले खाएर प्वाल परेको खण्डमा धेरै मानिसहरूलाई थाहा हुँदैन । त्योभन्दा अलिकति भित्र गएपछि डेन्टिनमा जान्छ, दाँत किराले खाएको र यसले डेन्टिनसम्म असर गरेको खण्डमा चिसो तातो खाँदा सिरिङ्ग सिरिङ्ग हुन्छ ।

त्यति बेलासम्म मानिसहरू मेरो दाँत ठिकै छ कहिलेकाहीँ सिरिङ्ग मात्र त गरेको हो नि भनेर हेलचेक्र्याइँ गर्ने बानी छ । दाँतको बिचको भाग अर्थात् नशा भएको भागसम्म किराले खान थाल्यो भने मात्र मानिसहरू डेन्टिस्टकोमा उपचारको लागि जाने गर्दछन् । किनभने उक्त बेला दाँत दुख्न थाल्छ ।

दाँतलाई स्वस्थ, बलियो र आकर्षक बनाउने सम्बन्धमा दाँत सम्बन्धि यस्ता छन् टिप्स् :दन्त रोग डेन्टल हाइजिनिस्ट
प्रकाश गौतम

बिगत लामो समयबाट युनिभर्सल डेन्टल क्लिनिक बसुन्धरा चोकमा चलाउदै आएकाले मानिसको बानि परिबर्तन गर्न निम्न कुराको सुझाव दिएका छन्। दाँत दुखेर मात्र जचाँउने बानीको सुधार गरौं। नियमित दाँत तथा मुख स्वास्थ्य परिक्षण गरौं। नियमित परिक्षण गराउँदा हुने फाइदाहरू :

१. दाँत किराले खाई दाँतलाई ठूलो क्षतिबाट बचाउने छ ।

२. मुख तथा दाँतको क्यान्सर हुनबाट बचाउनेछ ।

३. स्वास गनाउने गिजाबाट रगत आउने समस्याबाट छुटकारा पाइनेछ ।

४. सुरुवातमै दाँत तथा मुखको समस्या पहिचान मै उपचार गर्न सहयोग पुग्नेछ ।

५. दाँतको दुखाई, पिडा, समय र ठूलो धनरासीको बचत हुनेछ साथै दाँतको आयु बढ्नेछ ।

६. दाँत र हिँजाको समस्या न्यूनिकरण गरी स्वास्थ्य मुस्कानको लागि सहयोग पुग्नेछ ।

७. विवाहित जोडीले बच्चा जन्माउने योजना अगाडि दाँतको परामर्श उपचार गर्ने ।

८. विद्यालय तह देखिनै दाँत र मुखको परिक्षण परामर्श र उपचार गर्ने बानीको विकास गर्ने ।

५. विदेश जानु अगाडि दाँत र मुखको परिक्षण परामर्श र उपचार गरी जाने ।

१०. दाँतको र गिँजाको समस्याहरु भैराखेको हुन्छ तर आफुलाई ढिला थाहा हुने हुनाले दक्ष अनुभवी दन्त स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकको परामर्श लिने बानीको विकास गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार