नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

२०८१ बैशाख १३, बिहीबार

काठमाडौं : नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ। बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो।

सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ र चीनको लिजी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संयुक्त गस्ती गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार