धनुषामा अपहरणमा परेकी दुई युवतीको खोजि नगरेको भन्दै स्थानीयबासी र प्रहरीबीच झडप

२०८१ बैशाख १३, बिहीबार

जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ। औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनकाअनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। १० दिनअघि दुई युवती अपहरण गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको छ। स्थानीयले प्रहरीले युवतीहरूको खोजी नगरेको भन्दै बिहीबार बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ।

‘केटा पक्षमाथि मुद्दा चलिरहेको छ। पाँच जनालाई नियन्त्रणमा लिएर अपहण तथा शरीर बन्धक मुद्दा पनि चलाएकै छौँ। युवतीहरुको खोजतालास जारी छ,’ डिएसपी अवाले भने, ‘युवतीका आफन्तहरूले एक्कासी सडक अवरूद्ध गरे, सम्झाइबुझाइ गरेपछि उनीहरु घर फर्किसकेका थिए। तर अहिले फेरि उनीहरुले सडक अवरूद्ध गरेका छन्।’

स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका थिए। प्रहरीका अनुसार हंसपुर नगरपालिकाका दुई जना युवकसँग प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार