चन्द्रागिरिमा सुमो दुर्घटना

२०८१ बैशाख १३, बिहीबार

काठमाडौँ : राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा सुमो दुर्घटनाग्रस्त भएको छ । रोकिराखेको गाडी एकाएक ब्याक भएर सडकबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार