लेकसाइडबाट पेस्तोलसहित एक पक्राउ

२०८१ बैशाख १३, बिहीबार

लेखनाथ : पोखराको लेकसाइडबाट पेस्तोलसहित एक फरार अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बिहीबार बिहान पेस्तोलसहित डाँका चोरी, लागूऔषध, गुण्डागर्दी लगायतका १३ मुद्दाका अभियुक्त पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पक्राउ गरेको हो। विकको साथबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली र नगद १६ हजारसमेत प्रहरीले बरामद गरेको छ। बागमती प्रदेश ०३३ प १६३३ नम्बरको मोटरसाइकलसहित विक पक्राउ परेका उनीविरुद्ध यसअघि विभिन्न अपराधमा तेह्र वटा मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

विक केही महिनाअघि कैद भुक्तान गरी कास्की कारागारबाट छुटेका थिए। प्रहरीसँगको बयानमा विकले पेस्तोल छ/सात महिनाअघि भारतबाट ६० हजारमा किनेको बताएका छन्। हातहतियार देखाएर पोखराका आसपासका क्षेत्रमा विकले लुटपाट गर्ने गरेको उजुरी प्रहारीमा बारम्बार परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार