डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् । डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।

सामाजिक सञ्जालमा उनले भनेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति संवेदनशील ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार