काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ६ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १३ सय १० रूपैया कायम भएको छ ।





