काठमाडौं : आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।





