काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।





