काठमाडौं : शेयर बजार अर्को साताभरि पनि नखुल्ने भएको छ।
नेपालस्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार एक सूचना प्रकाशित गर्दै शेयर कारोबार भदौ २९ गतेदेखि असोज २ गतेसम्म बन्द रहने जानकारी गराएको हो। यसको अर्थ शेयर बजार अर्को साताभरि नखुल्ने भएको छ।
अब परिस्थिति सामान्य बनेको खण्डमा असोज ५ गते आइतबार शेयर बजार खुल्नेछ। जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मंगलबारदेखि शेयर बजार बन्द रहेको छ।






