काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय ४५ रूपैयाँ कायम भएको छ ।





