काठमाडौं : सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ४० रूपैयाँ कायम भएको छ ।





