काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४्र५ रूपैयाँ ०८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५५ पैसा र बिक्री दर १६९ रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





