काठमाडौं : साताको पहिलो दिनबाट स्थिर रहेको सुनको मूल्य आज बढेको छ ।
तीन दिन (आइतबार, सोमबार र मङ्गलवार) मात्रै १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ११ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।
बजारमा तेजाबी सुन भने प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै गरी यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।





