काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।





