आईएमई पे ले ल्यायो बुवाको मुख हेर्ने दिनका लागि विशेष अफर

२०८० भाद्र २७, बुधबार

काठमाडौं : डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ। 

भदौ २६ देखि २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ।

सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र  विजेताहरूलाई हुमन फिटको रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार