अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत

२०८० आश्विन २९, सोमबार

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन्। सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे। उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताएका छन्।

अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार