एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२०८० कार्तिक १५, बुधबार

काठमाडौं : नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार