कोका–कोला बेभरेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक

२०८० मंसिर २०, बुधबार

काठमाडौं : कोका–कोला बेभरेज नेपालले आफ्नो मोबाइल एप कोक बडी सार्वजनिक गरेको छ ।

काठमाडौँमा बुधबार एक कार्यक्रम आयोजना गरी आफ्नो वितरणलाई प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थित सुदृढ गर्ने उद्देश्यले कोक बडी एप सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस एपबाट कुनै पनि स्थानबाट डिस्ट्रब्युटरमार्फत कोकाकोलाका पेय पदार्थ अर्डर गर्न सहज हुने बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले जानकारी दिए ।

उनले भने, ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन्भन्ने हामीले आशा लिएका छौँ।’

नेपालभरका २ सय ५६ वितरक र १ लाख ५६ हजार आउअटलेटलाई जोड्दै यो एपले कोकाकोलाका उत्पादन वितरण गरिने शैलीलाई डिजिटल रुपमा रुपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।

यस्ता छन् विशेषता

चौबिसै घन्टा अर्डर (जुनसुकै समयमा, जहाँबाट पनि अर्डर गर्न मिल्ने) ः आउटलेटहरूको लागिअत्यन्तै सहज र सुविधाजनक ।

वान–मिनेट अर्डरिङः सुव्यवस्थित अर्डरिङ प्रक्रियाले गर्दा आउटलेटहरूलेएक मिनेटमै अर्डरहरू राख्न सक्छन्जसले गर्दा डाउनटाइम कम हुन्छ र अर्डरको प्रभावकारिता पनि वृिद्ध हुन्छ ।

रियल–टाईम अर्डर म्यानेजमेन्टः वितरकहरूले चाँडो र सही डेलिभरी सुनिश्चित गर्दै रियल टाईममा अर्डरहरू ट्र्याक गर्न सक्छन् ।

इन्भेन्टरी ट्रयाकिङः यस एपले इन्भेन्टरी लेभलहरूको विस्तृत विवरण प्रदान गर्दछ जसले गर्दा स्टक आउटहरू रोक्छ र समग्र सप्लाई चेन व्यवस्थापनमा सुधार हुन्छ ।

प्रमोशन र मार्केटिङ सपोर्टः डिस्ट्रिब्युटर र आउटलेटहरूले एप मार्फत प्रत्यक्ष रूपमा प्रचार र मार्केटिङका सामग्रीहरू तथा आवश्यक जानकारीहरू अपडेटहरु प्राप्त गर्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार