काठमाडौँ : सेयरबजार आज ९.५० अंकले हरियो भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक उक्त अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ। योसँगै आज ५ अर्ब १३ करोडको सेयर कारोबार भएको छ। दिनभरिमा १ करोड ३४ लाख कित्ता सेयर बिक्री भएको हो।
बुधबारको कारोबारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने समान संख्याका कम्पनीको घटेको र ११ वटाको उही मूल्यमा कारोबार भएको छ।आज मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः ७१.७० र ३७.४० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र ङादी पावरका लगानीकर्ताले पनि सर्किट तहमै कमाएका छन्। यता छिमेक लघुवित्त, ग्लोबल आईएमई बैंक डिबेन्चर, अपर हेवाखोला र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले भने गुमाएका छन्। बजारमा आज पनि सोनापुर मिनरल्सको सर्वाधिक ३२ करोडको सेयर कारोबार भएको छ।





