काठमाडौं : आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।





