
काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेको छ।