काठमाडौँ : सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।
गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गर्दा ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।





