नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

२०८१ बैशाख ३०, आईतवार

काठमाडों : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले महाकाली पारि रहेको दोधाराचादनि नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

दोधाराचादनि नगरपालिका हेल्थपोष्ट बजारमा रहेको श्री भानु बहुमुखि क्याम्पसको हलमा करिव २ दर्जन भन्दा बढि स्थानिय जनताको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ। महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशोर भट्टले बीमा भनेको के हो? बीमाको आवश्यक्ता, बीमा भुक्तानीको तरिका , चुनौति र समाधानका बिषयमा प्रकाश पारेका थिए ।

उपस्थित सहभागिलाई महेन्द्रनगर शाखाका मार्केटिङ अफिसर कृष्ण सिह ठगुन्नाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा वर्तमान तथा निवर्तमान जनप्रतिनिधि सहित स्थानीय २ दर्जन भन्दा बढिको उपस्थिति रहेको कार्यक्रम कम्पनीका मुख्य व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले संचालन गरेका थिए ।

कार्यक्रम पश्चात सहभागीहरुले जीवन बीमाका बारेमा रहेको अन्यौल दुर हुनुका साथै जीवन बीमाको आवश्यकता र महत्त्व बुझेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार