बढ्यो सुनचाँदीको मूल्य

२०८१ जेष्ठ १४, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढे १ लाख ३७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १८ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार