सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको छः अर्थमन्त्री पुन

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै उनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताए। उनले बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबाट समेत स्रोतको संकुचनका बीच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको बताए।

विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रस्तुत गर्नुभएको आधारमा सांसदहरुले दिएका सुझावलाई बजेटले आत्मसाथ गरेको र सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई मुल आधार बनाएर बजेट ल्याएको दाबी गरे।

उनले अर्थतन्त्र अफ्ठ्यारोबाट बिस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोबल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व आवश्यक भएकाले राजश्वमा कम क्षेत्र चलाएको बताए। उनले राजश्वका दर चलाएको क्षेत्र पनि उद्योग र उत्पादनको संरक्षण गर्र्ने भएको दाबी गरे। बजेट बनाउँदा स्रोतको संकुचन महशुस गरेर बनाएको उनले उल्लेख गरे।

राष्ट्रिय अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको उनको भनाइ छ। गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भन्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर राम्रो रहेको र मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको आर्थिक वृद्धिदरको प्रक्षेपणले पनि देखाएको उल्लेख गरे।

उनले भने,‘मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको छ। सुखद् अवस्था हो तर पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आइसकेको छैन। सरकारले यसमा मेहनत गरिरहेको छ। युवाहरुको चिन्ता र चासो बजेटले देशभित्रै भविष्य खोज्न सकिन्छ। त्यो सरकारले प्रयत्न गर्छ भन्ने जिज्ञासा रहेको अवस्था थियो। जनताले बजेटमा ठूलो अपेक्षा गरेका थिए। निजी क्षेत्रले बजेटले आशा जगाउन सक्छ की सक्दैन। निजी क्षेत्रको मनोवल उकासन सक्छ की सक्दैन भनेर खबदारी गरेको थियो। बजेटको दबाब थियो। त्यही दबाबमा मुलुकको अर्थतन्त्र अहिले पनि रहेको छ। सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ।

बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका मान्यसदस्यहरुबाट समेत स्रोतको संकुचनकाबीच पनि बजेट सन्तुलित र बस्तुवादी आयो भनेको सुन्दा पाउँदा सरकारले जिम्मेवारी पूर्वक बजेट प्रश्तुत गरेको महशुस गरेको छु। विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रश्तुत गर्नुभएको थियो। सांसदबाट आएको सुझावहरुलाई आत्मसाथ गरौं। सरकारले नीति तथा कार्यक्रम प्रश्तुत ग¥यो। त्यसलाई हामीले मुलआधार बनायौं। सिमित साधन स्रोतलाई विनियोजन कुशलताका साथ जिम्मेवारी पूर्वक विनियोजन गर्ने प्रयास गरेका छौं। राजश्वका दरहरुमा निकै कम मात्रै चलाउन खोज्यौं। अर्थतन्त्र अफ्ठ्यारोबाट विस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोवल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व भएको राजश्वमा कम क्षेत्र समाएका छौं। राजश्वका दर उद्योग र उत्पादनको संरक्षण गर्न समाएका छौं।’

उनले बजेटले युवाहरुलाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार