सुनको मुल्यमा भारी वृद्धि, राख्यो नयाँ रेकर्ड

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ हजार ७ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेरर १८ सय ६० रूपैयाँ कायम भएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार