काठमाडौं : मंगलबार छापावाल सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य ९०० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएकोमा आज ९०० रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १०० कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।





