नेप्सेसंगै र कारोबार पनि घट्यो

२०८१ भाद्र २५, मंगलवार

काठमाडौँ : सेयर बजार लगातार घट्दै गएको छ । अघिल्लो हप्ता बुधबार र बिहीबार घटेको नेप्से यो हप्ता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ । मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ अंकमा कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक २६४६.०३ तथा आइतबार २७२७.३६ अंकमा रहेको थियो ।

त्यसैगरी मंगलबार नेप्से घटेसंगै कारोबार पनि घटेको छ । मंगलबार ६७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको मूल्यमा गिरावट आएको छ भने ८ कम्पनीको मुल्य यथावत रहेको छ । सोमबार ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक खरिद विक्री हुँदा ७ अरब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैया बराबरको कारोबार भएको छ।

यसअघि सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हनार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटक खरिद विक्री हुँदा ९ अरब ४३ करोड ९१ लाख ०६ हजार ४२५ रुपैया बराबरको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार