प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पायो ‘डब्बल बी’ रेटिङ

२०८१ भाद्र २९, शनिबार

काठमाडौं : लघु निर्जीवन बीमक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रस्तावित प्राथमिक शेयर निष्काशन प्रयोजनका लागि इस्युअर रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालबाट यो लघु बीमकले डब्बल बी रेटिङ पाएको हो।

एजेन्सीका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने बीमकले समयमै वित्तीय दायीत्वहरू पुरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको हुन्छ। इक्रा नेपालले संस्थापक शेयरधनीहरूको बलियो वित्तीय पृष्ठभूमी, पर्याप्त शाखा सञ्जाल र बढ्दो कारोबारले रेटिङमा सघाएको उल्लेख गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा यसको लगानी ५० करोड २० लाख रूपैयाँ रहेको छ। यो मध्ये अधिकांश रकम क र ख वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरिएको छ। यसको औसत प्रतिफल दर ९ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार