काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १३ सयले रूपैयाँले बढेको छ । आज सुनको मूल्य हाल सम्मकै उच्च रहेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएकोमा आज १३ सयले रूपैयाँले बढेर एक लाख ६१ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय २५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १९ सय ५० रूपैयाँ कायम भएको छ ।





