काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ५१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।