काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ ANNIVERSARY BONANZA योजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ ।
पहिलो योजना अनुसार बैंकको मोवाईल बैंकिङ्गमा भएको connect IPS मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ । यसैगरी रु १००/- वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १००/- को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि २०८१ माघ १९ गते सम्मका लागि रहनेछ ।
दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५/- सम्म प्राप्त गर्न सक्नेछन । यो योजना २०८१ पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।
तेस्रो योजना अनुसार बैंकको क्युआर मर्चेन्ट भई कुनै पनि कारोवार क्युआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम रु २००/– सम्मको कारोवार रकम क्युआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत Smart Watch प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्युआर मर्चेन्टमा रु २००/– सम्मको रकम क्युआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत Smart Watch प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।
यसका साथै मोवाईल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १०००/– क्यास व्याक प्रदान गरिने छ । साथै क्युआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५००/– का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्युआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।





