कामना सेवा विकास बैंक र इशान अस्पतालबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

२०८१ पुष २४, बुधबार

काठमाडौं : कामना सेवा विकास बैंकले काठमाडाैंको बसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पुर्‍याउने उद्देश्यले स्थापित ईशान अस्पतालमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार