२४०० रूपैयाँले बढ्यो सुनको मूल्य

२०८१ माघ १९, शनिबार

काठमाडौं : साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको थियो।

सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेर १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको थियो। त्यसैगरी, मंगलबार फेरि छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेर १ लाख ५९ हजार २ सय रूपैयाँ कायम भयो। बुधबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेर १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएको थियो।

बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको थियो। शुक्रबार छापावाल सुनको मूल्यमा २ हजार ३ सय रूपैयाँले भारी वृद्धि भई सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएको छ।

यो साता सुनको मूल्य समग्रमा २४०० रुपैयाँको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0

ताजा समाचार