आज पनि सुनको मूल्यमा भारी वृद्वि

२०८१ माघ २४, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार