
काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)का सदस्यहरूलाई क्यामरा खरिदका लागि बिनाधितो कर्जा उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले क्यामरा खरिदका लागि २ लाख देखि ५ लाखसम्म बिनाधितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधासहित कर्जा उपलब्ध गराउने छ । कर्जाको लागि फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा बैंकमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित पनि भइसकेको छ ।
ग्लोबल आईएमई बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल गरेको छ । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।