आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

२०८१ फाल्गुन ५, सोमबार

काठमााडौं : भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पे बीच मर्जर सम्झौता भएको छ ।

यो भुक्तानी सेवा प्रदायकहरुबीच पहिलो मर्जर हुन लागेको हो । आइतबार दुई कम्पनीबीच मर्जरको लागि सम्झौता भएको हो । यी दुई कम्पनीले मर्जर सम्झौता स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएका हुन् ।

आइएमई ग्रुपको लगानी रहेको आईएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाउने पहिलो कम्पनी पनि हो । यस्तै खल्तीमा इन्टरनेट सेवा प्रदायक वर्डलिंक तथा अन्यको लगानी रहेको छ । खल्तीमा ‘स्पारो’ एसएमएस सञ्चालन लागनीकर्ता अमित अग्रवाल र अन्य ३ जनाको लगानी रहेको छ ।

हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार