काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ११ सय रूपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ३५ रूपैयाँ कायम भएको छ ।





