मनोज ज्ञवाली नबिल बैंकको कार्यवाहक सिइओ भएकोमा नेपाल इटाली संघको बधाई

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष र बोर्ड सदस्यहरूद्वारा उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएकोमा बधाई दिएका छन् ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, “बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पु¥याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।”

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार