काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १२ सय रुपैँयाले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १२ सय रुपैँयाले बढेर १ लाख ८० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १ हजार ९ सय ९५ रूपैयाँ कायम भएको छ ।





