काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ५ हजार ३ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ३ सय रूपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रूपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १ हजार ९६५ रूपैयाँ कायम भएको छ ।





